Aamsanchar

मोरङको एक उद्योगमा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

Author Image
सोमवार, फागुन २४, २०७७

मोरङ — मोरङ बेलबारी नगरपालिका-७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको छ । दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका उनको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर