Aamsanchar

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

Author Image
सोमवार, फागुन २४, २०७७

काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ । यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर