Aamsanchar

श्रीमतीको हत्या गरेको आरोपमा सुन्दरहरैँचाका ऋषिदेव पक्राउ

Author Image
मङ्गलवार, फागुन २५, २०७७

मोरङ । सहोदर श्रीमतीको हत्या गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका छन् । उनकी श्रमिती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव) को हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार सावित्रीलाई गत आइतबार राति ८ बजेतिर घरभित्रकै कोठामा मृत फेला पारिएको हो । नाकबाट रगत बगिरहेको, अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको तथा हातका चुरासमेत फुटेको अवस्थामा कोठाको खाटमाथि सावित्रीको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

हत्या भएको हुनसक्ने आशंका गरेको प्रहरीले उनकै श्रीमान विष्णुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुरुमा उनले घटना अस्वीकार गरेका थिए । तर थप सोधपुछ र अनुसन्धान थालिएपछि उनले रिसको आवेगमा थप्पड हान्दा श्रीमतीको मृत्यु भएको स्वीकारेको डीएसपी राईले बताए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाको अनुसन्धान गरिरहेको छ । मृतक सावित्रीका काका रामबहादुर दाहालले हत्याको दाबीसहित ज्वाई विष्णुविरुद्ध किटानी जाहेरी दिएका छन् ।विष्णुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए । उनका अनुसार नियमित मादक पदार्थ सेवन गरेर झगडा गर्ने र आफूसँग पैसा मात्रै मागिरहने भएकाले सहन नसकेर कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको विष्णुले स्वीकार गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर