Aamsanchar

जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने अमेरिकाको इच्छा

Author Image
बिहिवार, फागुन २७, २०७७

काठमाडौं –राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुनस् जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ । सन् २०१५ मा भएको पेरिस सम्झौताबाट पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए, जसको विश्वव्यापी असर परेको थियो । तर, वाइडन आउनसाथ उनले पेरिस सम्झौतामा जोडिने निर्णय गरे । सो निर्णयसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले जलवायु परिवर्तनको विषयमा नेपालसँग थप सहकार्य गर्न चाहेको बताएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार एक ट्वीट गर्दै जलवायु संकट सामना गर्न नेपालसँग काम गर्न चाहेको उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन,’बाइनले भनेका छन्, जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक छ ।’

गत महिना भारतमा हिमताल फुटेर आएको बाढीले हिमाली क्षेत्र एकदमै संवेदनशील अवस्थामा छ भन्ने दखाइसकेको छ । उक्त समस्यालाई समाधान गर्नका लागि म नेपालसँग काम गर्न प्रतिक्षारत छु ।’ यस अगाडि प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटमा उनले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्न अमेरिका तयार रहेको बताए ।

यस अगाडि पनि जलवायु परिवर्तनका विभिन्न विषयमा सहयोग गदै आएको अमेरिकाले यस क्षेत्रमा थप सहयोग र सहकार्य गर्न चाहेको देखिन्छ किनकि यो मुद्दा अमेरिकी सरकारले एक प्रमुख प्राथमिकता बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर