Aamsanchar

सरकारमा सहभागी हुन जसपाले राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्रीओली सकारात्मक

Author Image
बिहिवार, फागुन २७, २०७७

काठमाडाैं : नेकपा (एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ। बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका एक नेताले बताए। जसमा संविधान संशोधन, रेशम चाैधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका ती नेताले बताए।  

छलफलमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने, ‘आजको बैठकमा धेरै विषय भए। छलफललाई निरन्तरता दिइने कुरा भएको छ। उहाँहरू (जसपा) ले उठाउनुभएको विषयप्रति प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ। फेरि पनि यसबारे औपचारिक अनौपचारिक बैठक भइरहन्छ।’ जसपाका नेताहरूले प्रधानमन्त्रीसँग राखेका मागबारे भने उनले खुलाउन चाहेनन्। आगामी दिनमा फेर पनि बैठक बस्ने र यसबारे टुंगो लाग्ने उनले बताए। 

प्रधानमन्त्री ओलीले बिहीबार एमालेका शीर्ष तहका नेतासँग जसपाको मागको विषयलाई लिएर छलफल गरेका थिए। ​ जनता समाजवादी नेपाल जसपाका ५ शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्न नेताहरू बालुवाटार पुगेका हुन्।  जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार गएका हुन्। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१