Aamsanchar

उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध चयन

Author Image
आइतवार, चैत १, २०७७

विराटनगर — उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध चयन भएका छन । संगठनको वरिष्ठ उपाध्यक्षमा भने प्रदिप मुरारका दुई मतले विजयी भएका छन् । मुरारकाले ७७ मत ल्याउँदा उनको प्रतिद्वन्दी राकेश सुरानाले ७५ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भेलेश्वर दुलाल तथा कोषाध्यक्षमा विपिन कावरा निर्विरोध चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सुनीलकुमार धनावत, पारस लुनिया, इन्द्रराजन खत्री, सुवोध कोइराला, सौरभ सारडा, तारानाग निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे निर्विरोध चुनिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)