Aamsanchar

पार्टीलाई ठूलो घाटा नभएको माओवादी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ, मन्त्रीलाई फिर्ता बोलाउने निर्णय अनुमोदन

Author Image
आइतवार, चैत १, २०७७

काठमाडौं – नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबारका लागि सकिएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सुरु भएको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो। बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा पारित गरेको छ। केन्द्रीय समितिको एजेन्डामा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्टिङ, रिपोर्टमाथि छलफल र सुझाव लिने, सबै केन्द्रीय सदस्यको धारणा सुन्ने र अन्य रहेका छन्।

आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रको पक्षबाट पार्टीको संगठनात्मक स्थितिको बारेमा रिपोर्टिङ गरेका छन्। अध्यक्ष प्रचण्ड र प्रवक्ता श्रेष्ठले अब कसरी ऐतिहासिक उपलब्धिको रक्षा गर्ने र पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने भन्ने विषयमा चर्चा गरेका हुन्। त्यसैगरी प्रदेशस्तरका कमिटीको तर्फबाट एकएक सदस्यले रिपोर्टिङ गरेको प्रवक्ता श्रेष्ठले बताए। बैठकमा प्रदेशबाट १ सह–इन्चार्ज सावित्रीप्रसाद काफ्ले, प्रदेश १ का सह–इन्चार्ज विश्वनाथ साह, बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशकी अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका सचिव नेपबहादुर चौधरीले पार्टीको संगठनात्मक आवस्थाबारे रिपोर्टिङ गरेका हुन्।

यसरी रिपोर्टिङ गर्ने प्रतिनिधिले पार्टीलाई ठूलो घाटा नभएको बताएका छन्। केही व्यक्तिले पार्टी परित्याग गरे पनि माओवादी केन्द्रलाई ठूलो घाटा नभएको र जनतामा फेरि पनि जान सहज अवस्था भएको रिपोर्टिङ प्रदेश प्रतिनिधिले गरेका हुन्।

त्यसैगरी बैठकमा प्रदेशसँगै उपत्यका विशेष इन्चार्ज लीलामणि पोखरेल, प्रवास सम्पर्क समन्वय समितिको तर्फबाट युवराज चौलागाईंलेसमेत संगठनको अवस्थाको विषयमा रिपोर्टिङ गरेका छन्। सोमबारको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु हुने प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वका सरकारमा रहेका पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णयलाई अनुमोदनसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)