Aamsanchar

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्रीको पद गुम्ने पक्का

Author Image
बुधवार, चैत ४, २०७७

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो ।

सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री छन्, उनीहरूलाई पनि फिर्ता हुन निर्देशन दिइको उहाँले जानकारी दिनुभयो । बैठकमा १९ एमालेका सांसदमध्ये १० जना सहभागी भएका थिए ।

एमालेले समर्थन फिर्ता लिएसँगै शाहीको पद गुम्ने पक्का भएको छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)