Aamsanchar

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरुबिरुद्ध सार्वजनिक उजुरी आह्वान गर्ने संसदीय सुनुवाई विशेष समितिको निर्णय

Author Image
बुधवार, चैत ४, २०७७

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषदबाट न्यायाधीशहरूको सिफारिस गरेको थियो।

समितिले यससम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ। समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरूविरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)