Aamsanchar

बैंकिङ कसूरमा १ करोड ८५ लाख जरिवाना ठहरिएका झापा घरभएका फरार प्रतिवादी पक्राउ

Author Image
बुधवार, चैत ४, २०७७

बैंकिङ कसूर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले झापा घर भई काठमाडौं महानगरपालिका-४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। उनलाई सिआइबीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

उपेन्द्रप्रसाद ढुंगानाले २०७५ असार २ गते पैसा नभएको खाताबाट चेक काटेर उर्मिलालाई दिएका थिए। त्यसपछि उर्मिला कँडेलले ढुंगानाविरूद्ध प्रहरीमा बैंकिङ कसूरको मुद्दामा जाहेरी दिएकी हुन्। सो मुद्दामा उच्च अदालत पाटनले २०७७ माघ ५ गते ढुंगानालाई एक महिना कैद र एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो। सो सजाय बेरुजु भई फरार रहेका ढुंगानालाई पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)