Aamsanchar

ओलीद्वारा एमाले संसदीय दलको बैठक आह्वान

Author Image
बुधवार, चैत ४, २०७७

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भट्टराईले बताए । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाएको उनले जानकारी दिए ।

दलको बैठकका एजेन्डाबारे भट्टराईले भने, ‘समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।’

एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । यसबारे भट्टराईले संसदीय दलको बैठकमा छलफल हुने र एक ढिक्का भएर कसरी संसद्मा जाने भन्ने छलफल हुने बताए । ‘पार्टीभित्र केही विषम् परिस्थिति उत्पन्न भएको छ । संसद्‌मा पनि त्यसको प्रभाव परेको छ । कसरी एक ढिक्का बनाउने भन्ने भन्ने विषयमा छलफल हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)