Aamsanchar

ओलीले बोलाएको संसदीय दलको बैठकमा पण्डित सहभागि, एकता अभियानमा रहेकी थापा पनि पुगिन्

Author Image
बिहिवार, चैत ५, २०७७

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए । बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् । ओली समूहको बैठकले पण्डितलाई प्रदेश १ को सह-इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठक स्रोतका अनुसार तुलसा थापा पनि दलको बैठकमा पुगेकी छन् । वामदेव गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा रहेकी थापा दलको बैठकमा पुगेकी हुन् । गौतम पत्‍नी थापा एमालेका समानुपातिक सांसद हुन् । ओली र नेपाल समूहतर्फ बराबर भाग लिदै आएका अन्य सांसदहरु पनि बालुवाटार पुगेका छन् । यस्तै नन्दा चपाइँ, माया ज्ञवाली, सबिना हुसेन, गोपाल बम र विष्णु शर्मा बालुवाटार बैठक उपस्थित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)