Aamsanchar

भारतीय सीमातर्फ जाँदै गरेका ३ जना युवा माथि सशस्त्रले चलायो गोली, १ जना घाइते

Author Image
बुधवार, जेठ ५, २०७८

बुटवल – नवलपरासी (पश्चिम)को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।

सीमा बन्द भएको बेलामा बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयको भनाइ छ । यस घटनाबारे सशस्त्र प्रहरीको तर्फबाट कुनै कुरा सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर