Aamsanchar

पोखरीमा नुहाउन गएका १२ वर्षीया बालिका र २० वर्षीया किशोरीको डुबेर मृत्यु

Author Image
बुधवार, जेठ ५, २०७८

राजविराज –घर नजिकैको पोखरीमा नुहाउन गएका सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक बालिका र एक किशोरीको डुबेर मृत्यु भएको छ। बुधबार कञ्चनरुप नगरपालिका-९ बस्ने इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनी र रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्तीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिए।

मृतक रोशीनीकी आमा मञ्जुका अनुसार घरबाट साथीहरुसँग पोखरीतर्फ निक्लेको आधा घण्टामै छोरी पोखरीमा डुबेको खबर आएको थियो। पौडी खेल्न नआउने र कहिले पनि नुहाउन पोखरीतर्फ नजाने गरेकी छोरीलाई आफूले रोक्दा रोक्दै नमानेर गएको मञ्जुले बताइन्।

कुन्तीलाई भने पौडी खेल्न आउन गरेको जानकारी दिँदै एक स्थानीयवासीले रोशनीलाई डुब्नबाट जोगाउन खोज्दा कुन्ती पनि डुबेको हुन सक्ने बताए। गाउँलेहरुले मिलेर पोखरीबाट निकालेर दुबैलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा मृत्यु भइसकेको अस्पतालका चिकित्सकले बताएका थिए। दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर