Aamsanchar

कोरोना कहरमा नागरिकले भोगेको पिडा, स्थानीय सरकराको भूमिका

Author Image
आइतवार, जेठ २३, २०७८

२३ फागुन २०७७ को दिनथियो । श्रीमतिआशाले भनिन्, दाइको पनिपीसिआर टेष्ट गर्न दिएको छ रे । दुइतीनदिन अघिमात्र दाइसँग भेट हुँदा केही कुरा नभनेको दाईको रिर्पाेट पनिसामान्यआउँलाभन्ने नै लाग्यो । तीन दिनपछि रिपोर्ट पोजिटिभ आयो । दाइलाई विएण्डसी हस्पिटलमै आइसियुलेशनमा बस्यो । भाउजु र ससानादुई नानीहरु बस्ने डेराको घर नै प्रहरी आएर सिलगर्यो । आउनेजाने गरेको भनेर बुबाआमासहित मेरो परिवार रहेको घरमापनिप्रहरीले सिलगर्यो । सिलगर्नु जोखिमबाट जोगिनु हो भन्ने नै लाग्यो । म घर गइँन । नजिकै रहेको ससुरालीमापुगे र सबै कुरा सुनाएँ । सबै जना म देखि डराएँ । मैले भने दाइलाई लागेकोले अरुलाई पनिजोखिमनहोस् भनेर सिल गरेको हो । सबैले पुर्ण रुपमाविश्वास नै गरेनन् । म एउटा कोठामा मात्रै सीमितभए । सासुससुरा, भाईबुहारी र साली रहेको घरमा म भने एउटा कोठामा एक्लै बस्न विवशभए । दुई दिदी एक बहिनीको विवाहभइसकेको थियो । दाई पनिआफ्नो परिवार लिएर घरबाट छुट्टिएको थियो । घर र दाई बस्ने घरमासिल लगाएपछि कोरोना पोजिटिभ देखिएको दाईलाईखाना रपोषिलो खानेकुरा पुर्याउन कसैले पनि आँट गरेका थिएनन् । छिमेकीहरु घरको अगाडिपट्टिदेखि बाटो हिड्डुल गर्न पनि छोडेका थिए । दाईलाई इम्युनिटी पावर बढाउने खालकापोषिलोखानेकुरा र खानालिएर विएण्डसी हस्पिटल पुँगे। त्यहाँनिकै कडा निगारानी गरेको थियो । गेटमै गार्डले निकै केरकार गर्यो । साबुनपानी र सेनिटाइज गरेरमात्रै भित्रको गार्डलाई खानापुर्याइदिनभने । मैले खानात्यहीँ छाडिदिँए । खानाल्याएको र गार्डलाई छोडेको भन्ने कुरा दाईलाई जानकारी गराए । एकछिन पछि गार्ड फर्केर आए । खाना लगेको भाडा, हड्केस नलिइ रितै फर्केको देखेर मैले सोँधे खोई भाडा?  गार्डले भने भाडा फर्किदैन । उतै छोडिन्छ । हस्पिटल ल्याएको भाडा घर फर्काउनु हुदैँन । कोरोना सर्छ । म फर्केर घर पुगे । छिमेकीहरु घरको आँगन, बरण्डा र सिकुवाबाट मलाई हेर्दै थिए । एक जनाले सोधे, राजनलाई कस्तो छ ?आफुले पनि देख्न नपाएको फोनमार्फत दाईले बताएको कुरा मैले भने । घरमा सबै जनाको तीनदिनदेखि टाउको दुखेको रहेछ । जेठो छोरोलाई कोरोना लागेको र बुहारीलाई ज्वरो आएको विषयमा धेरै चिन्तितभएका रहेछन् ।

एक दिनपछि म पुँगे आमाको आँखानिकै रातोरातो थिए ।अनिजीँउमा सञ्चो नभएको, अनिदो जस्तो लागेरआमालाई सोँधे ……….आमाले भन्नुभयोठिकै छ नानी……………..।हिजोदेखि टाउको चै निकै दुखेंको छ नानी ! मैले डाक्टरको परामर्श मा सिटामोल र सर्दीमर्कीको औषधिल्याएर आमालाई दिए । प्रहरीले घरमा सिलगर्दा घर छिर्ने बाटोको मुखमा लामो डोरी टाँगेर सबैलाई सावधानी गरेको थियो ।भोलिपल्ट म धुलाबारीमा थिए । श्रीमतिले फोन गर्दै भनिन् । मलाई असहज भयो के गर्नु ? कोरोनाको सिमटम्स नै होकी जस्तो लागेर र नगरमा पिसिआर टेष्टका लागि नाम लेखाइदिँए । भोलिपल्ट टेष्ट गर्यो । एकदिन पछि रिपोर्टमा १२ महिनाको बाबु र श्रीमतिलाई पोजेटिभ देखिएछ ।

१२ महिनाको बाबुलाई भएको पोजेटिभबारे बालरोग विषेशज्ञसँग परामर्श लिँए । डाक्टरले सिमटम्स अनुसार बाबुलाई खासै समस्या नहुँने बताएपछि म ढुक्क हुँदै श्रीमतिलाई नआतिन आग्रह गरे । सोही दिन घरको लाइन सर्ट भई बतीबल्नै छोडेको थियो ।नियमित करेन्ट प्रवाहभई बतीनजाने भएपछि त्यसको बैकल्पिक व्यवस्था पनि घर गरेको थिएन । आमाले दियोमा खाने तेल र बाँती लगाएर बतीबालेको ३ रातभएको रहेछ ।भर्खर ताते र बोलि फुटाउँदै गरेको बाबु र अरुको अवस्थाबारे बुझ्न एक दिनमा एक पटक पुग्ने गर्थे । अरु खबर फोनमार्फत नै बुझ्ने गरेको थिए । कोरोनाको संक्रमण लागेपछि श्रीमतिलाई जीउँगहैं, भारी हुँने, ज्वरो आउने, टाउको दुख्ने, मर्की लाग्ने लगायतका समस्याले ग्रस्त बनाएको थियो । जीउँउभ्याउनै नसक्ने किसिम सिमटम्स भएकोले बाबुलाई रोगबाट बचाउन कठिन हुँने हो कीभन्ने चिन्ताले सताएको थियो । पछि आफै ठीक भयो । एउटै घर परिवारमातीनजना संक्रमितहुँदा परिवार मात्रै होइनजिउँदो समाज नै उदाड्गिो जस्तै बन्यो । परिवारको पीडा त छदैहुन्छ । यो त एउटा बास्तविक भोगाईंको घटना मात्रै हो । यस्ता कयौं घटनाले एउटै परिवारका ४ जनासम्म कोरोनाकासिकार बनेको जीउँदो उदाहरण छन् । ती परिवारका लागि मात्रै होइन हालसम्म कसैले वा सरकारी तहबाट पनि मलमपट्टी लगाउने वा पीडालाई उत्साहमा परिणत गर्ने काम कहीकतैबाट पनि भएका छैनन् ।

सरकारले नागरिकको स्वास्थ्यप्रवाहनगर्दा संक्रमितको संख्या बृद्धि भएको थियो । त्यसकै ठीक एक वर्ष नपुग्दै पुनः कोरोनाको भाग २ सस्करण आएजस्तै छ । वर्षेनी देखापर्ने कोरानाको महामारीले पहिलेको भन्दा झण्डै दोब्बरले मानवीय क्षति पुगिसकेको छ । महामारीमा सबै नागरिक सचेत हुँदापनि संक्रमण फैलिने विषय रोकिएको छैन । सरकारले निषेधाज्ञा जारी गरेको पनि ढेड महिनाबढी भयो । नागरिकलाई बाहिर ननिस्कनु भनेर बन्धकझै बनाएर राख्ने  सरकारले आफ्नो दायित्वभने पुरा गरेको छैन । अब यसैगरी नियमित रुपमै निषेधाज्ञ नै लगाइराखे निकट केही महिनामै भोकमारी लाग्ने खतरा उतिकै बढेको छ । यो विषयमा स्थानीयनिकायले बेलामै चासो दिएविपन्न परिवारका लागि सहजहुनेथ्यो । तर त्यो सरकारले गर्छ भन्ने लाग्दैन । कोरोना महामारी व्यक्तिव्यक्तिको परिवारको अर्थतन्त्रलाई सखाप बनाएको छ । त्यसैले विपन्न परिवारलाई दुई छाँक टार्न नै समस्या हुँदै आएको प्रत्यक्ष रुपमा देख्न पाइन्छ । स्थानीयनिकायले राहतको प्याकेजका लागि तयारी हुनु नै संकटबाट जोगिनु हो । स्थानीय निकाय भने त्यो तयारीमा छैन । सरकारले २० प्रतिशत छुटको व्यवस्था बजेटमार्फत गरेको छ । तर, विपन्न र गरिब परिवारका लागिखाध्य संस्थानपुग्नु र खाधन्नबोकेर आउने काम नै पहाड हुने देखिन्छ ।त्यसको के अर्थ हुन्छ र ? महामारीमा कामदाम नभएका बिपन्न परिवारसँग न खल्तीमा दम हुन्छ न भाडामा चामल नै । त्यसैले स्थानीय निकायले केन्द्रको बजेट र उसले लागू गर्ने मापदण्डलाई मात्रै निशाना बनाएर बस्नु अहिलेको परिस्थितिमा हुदैँन ।

खान नपाएकालाई खाने व्यवस्था मिलाउन, बास नभएकालाई आवासको व्यवस्थामिलाउन र कपासको व्यवस्थामिलाउनु नै स्थानीयनिकायको दायित्वहो ।अनिमात्रै नागरिकले देशमालोकतन्त्रआएको महशुस गर्नेछन् । केन्द्र सरकारले बनाएको बजेट प्रस्तुतिकरणलाई स्थानीय सरकारले मान्नु हुँदैन भन्ने मेरो आशयहोइन तर, महामारीको अवस्थामाआइपर्ने खाधन्न, औषधि, राहातका सामाग्री र अतिआवश्यक पर्ने बस्तुको भण्डारण गर्न सक्नुपर्छ । ताकीत्यस्तो दूरदृष्टी कार्यले भविश्यमा आइपर्ने प्राकृतिक, दैवीप्रकोप, महामारीको अवस्थामा नागरिकले राहत महशुस गर्न पाउन् । नेपाल सरकारले राहत व्याकेजको कार्यक्रम नै अघि बढाउनुपर्ने आवश्यक देखिन्छ । सरकारले तथ्याङक संकलन गरी देशभित्र बसोबास गर्नेमध्ये दुई छाँक टार्न पनि समस्या हुने, अतिविपन्न, गरीब तथा बेरोजगारीलाई प्रकोपमा मात्रै होइन सामान्य अवस्थामा पनि खाद्यन्न, औषधिउपचार उनीहरुलाई आवश्यक पर्ने श्रोत साधनको व्यवस्थापन गर्नु जरुरी देखिन्छ । उमेर पुगेका, योग्यता पुगेकालाई कि र उमेर र योग्यताकाआधारमा रोजगारी दिनुपर्छ, कि राहत लगायतको व्यवस्थापनगर्नुपर्छ ।

अतिविपन्न परिवारका विद्यार्थीलाई पठनपाठन खर्च लगायतका विषयमा सरकारको ध्यान जानुपर्छ । कोरोना महामारीको समायमा मात्रै होइन कुनैपनि विषम परिस्थितिमा नागरिकले सरकार विहिनको महशुस गर्नु नपरोस् । २३ फागुन २०७७ को दिनमादाई राजन, केही दिनपछि श्रीमति र बाबु रिदमको शरीरमा कोरोना देखिँसके पनि कुनै किसिमको राहत प्याकेज सरकारी तहबाट दिएको पाइएन । सरकारले नागरिकको जीउँज्यान वा स्वास्थ्यप्रतिको कर्तव्य पूरा गर्न नसकेको बुझिन्छ । नागरिकको आधारभूतआवश्यकता पनि पूरा गर्न नसक्ने सरकारले उनै नागरिकलाई करको दायरामा राख्नु चै घृणित र खेदजनक विषय हो । नागरिककाआधारभूतआवश्यकता मानवअधिकार भित्र नै पर्ने विषयहो । त्यसैले गरीब र विपन्न आधारभूत आवश्यकता पूरा गर्ने खालको बजेटले समेट्न सकेको छैन । विकास निर्माणले मात्रै नागरिकको पहिचान होइन । सब्य, सचेत र इमान्दार नागरिक बनाउनकालागि सरकारले नागरिकको व्यक्तित्व र परिवारको आर्थिक अवस्थालाई व्यवस्थापन गर्नुपर्दछ । जबसम्म व्यक्तिको व्यक्तित्व र परिवारको आर्थिक पाटो पूर्णरुपमा व्यवस्था हुँदैंन तबसम्म सरकारले जतिसुकै विकास बजेटमा खर्चे पनि गाईंलाई आहाल बनाउनुसरह हो । तसर्थ गाईलाई आहालहोइन गोठ नै ठिक भएझैं, विकास गर्ने नाउँमा व्यक्तिको विकास नभएसम्म भौतिक विकासले मात्रै खासै अर्थ नराख्ने बुझिन्छ । कोरोना महामारीमा विकास तर्फ भन्दाना गरिकको व्यक्तिगत विकास, स्वास्थ्य सुरक्षण र खाद्यन्न संकटको व्यवस्थापन गर्नु नै यो परिस्थितिको समानागर्नु हो ।तसर्थ सरकार आफ्नो दायित्व र कर्तव्यबाट विलकुल पछि हुनुुहुदैन । त्यसो भएमानागरिक सरकारको प्रतिशोधमा उत्रन बाध्य हुनेछन् ।

प्रतिक्रियाकालागि
[email protected]
9807905068

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)