Aamsanchar

दाङमा चोरी मुद्धामा १७ बर्ष अघि फरार बनेका चौधरी पक्राउ

Author Image
मङ्गलवार, जेठ २५, २०७८

दाङ । चोरी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकका बर्ष ३६ का सुबी चौधरी १७ बर्ष पछाडी पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।

अदालतले २०६१ सालमा चोरी अभियोग ठहर गरेर ५५ हजार ५ सय ५० रुपैया जरिवाना सजाय तोकेपछि चौधरी फरार रहेका थिए । पक्राउ परेका चौधरीलाई आजै अदालतमा उपस्थित गराईएको दाङ प्रहरीका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर