Aamsanchar

शुभ साइतमा बालुवाटार सरे प्रधानमन्त्री देउवा

Author Image
शुक्रवार, साउन १, २०७८

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नु भएको छ । उहाँ बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा बालुवाटार सर्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ। धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार सर्नु भएको बुझिएको छ ।

गएको मंगलवार प्रधानमन्त्रीमा नियुक्त भए पनि उहाँ आज बालुवाटार सर्नु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसक्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर