Aamsanchar

जापान पठाइदिने प्रलोभन देखाएर साढे ६८ लाख बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ

Author Image
सोमवार, साउन ४, २०७८

काठमाडौं- जापान पठाइदिने प्रलोभन देखाएर साढे ६८ लाख बढी रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सामजिक संजाल फेसबुकबाट चिनजान गरी वर्किङ भिषामा जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१२ पदमपोखरी घर भई नयाँबजार बस्ने ३७ शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका–४ अन्तू घर भई नयाँ बानेश्वर बस्ने ३३ वर्षीय पूजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई कपन बस्ने, ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने २१ वर्षीया दीपिका केसी छन्।

आफू जापानको ईमिग्रेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै भिषा प्रक्रियाको लागि भनेर ३९ लाख ६८ हजार ९९६ रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। रकम लिएर उनीहरु फरार भएका थिए। पक्राउ परेकाहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर