Aamsanchar

महिलाहरूलाई तालिबानले खेलबाट बाहिर राखे अस्ट्रेलियाले अफगानिस्तानसँगकाे टेस्ट रद्द गर्ने

Author Image
बिहिवार, भदौ २४, २०७८

काठमाण्डौ – तालिबानको शासनकालमा महिलाहरूलाई खेलबाट बाहिर राखिए यही नोभेम्बरमा हुने अफगानिस्तानसँगको टेस्ट रद्द हुने क्रिकेट अस्ट्रेलियाले जनाएको छ । महिलाहरूले क्रिकेटसहितका खेलमा सहभागी हुन नसक्ने तालिबानले सङ्केत दिएपछि क्रिकेट अस्ट्रेलियाले यस्तो प्रतिक्रिया जनाएको हो । गएराति अस्ट्रेलियाका नेताहरू र खेलकुद मन्त्री रिचार्ड कोलबेकसहितको बैठकले महिलामाथि यस्तो प्रतिबन्ध लगाइन्छ भने आउँदो नोभेम्बर २७ मा होबार्टमा सुरु हुने खेल अघि बढ्न नसक्ने बताएको थियो ।

‘विश्वस्तरमा महिला क्रिकेटलाई अघि बढ्न दिनु क्रिकेट अस्ट्रेलियाका लागि महत्त्वपूर्ण छ । क्रिकेटका लागि हाम्रो दृष्टिकोण भनेको यो सबैका लागि एक खेल हो र हामी हरेक स्तरमा महिलाका लागि खेलको समर्थन गर्छौँ’, क्रिकेट अस्ट्रेलियाले विज्ञप्तिमा भनेको छ ।

अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको स्थितिलाई लिएर बोर्डको अर्को बैठकमा छलफल हुने आईसीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर