Aamsanchar

एमाले स्थायी कमिटी बैठक सुरु

Author Image
शनिवार, भदौ २६, २०७८

काठमाण्डौ –नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरु भएको हो। विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुनेछ ।

सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाण्डौमा विधान महाधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर