Aamsanchar

झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण शुरु

Author Image
शनिवार, असोज २, २०७८

मेचीनगर । झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण शुरु भएको छ । पहिलो दिन तीनवटा खेल भएका छन् । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु प्रतियोगितामा मेचीनगर वडानम्बर ७ , वडानम्बर ११ र डाउन टाउन फुटबल क्लब रमाईलो गाउँले विजयी यात्रा शुरु गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिलाई २ शुन्य गोलले पराजित गदैं वडानम्बर ७ ले वियजी यात्रा शुरु गरेको हो । प्रतियोगिताको दोस्रो खेलमा वडानम्बर ११ ले वडानम्बर १४ लाई ३-१ गोल अन्तरले पराजित गदैं दोस्रो चरणको यात्रा सुरक्षित गरेको छ ।

आयोजकका गोलरक्षक आदेश गिरीले विपक्षीका रोहन बुडाथोकीलाई लडाएपछि पाएको पेनाल्टीको अवसरमा विधान राउतको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा खेल १ शुन्यले अघि बढेको थियो । त्यसैगरी, वडानम्बर ७ कै विवेक राजवंशीले अर्काे गोल गदैं आफ्नो टिमलाई जित दिलाएका थिए ।

दोस्रो खेलमा वडानम्बर ११ का विशाल दर्जी, अजय राजवंशी र जमिन लक्सनले १-१ गोल गरेका थिए भने वडानम्बर १४ का तर्फबाट सन्तोष बेस्राले १ मात्र सान्तवना गोल फर्काए । यसैगरी, तुर्केनी फुटबल क्लब मेचीनगर डाउन टाउन फुटबल क्लब रमाइलो गाउँसँग टाइव्रेकरमा ५-४ गोल अन्तरले पराजित भयो । निर्धारीत समयसम्म १-१ को बराबरी खेलका कारण निर्णयका लागि खेल टाइव्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा नगरका १९ वटा टिमले सहभागी जनाएका छन् । असोज ८ गते हुने प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरीने आयोजक अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।

नोवल कोरोना भाइरस कोभिड–१९ का कारण झण्डै डेढवर्षसम्म सुस्ताएको खेल क्षेत्र यो प्रतियोतिा शुरु भएसँगै लयमा फर्कन थालेको फुटबल प्रशिक्षक दीपक कार्कीको भनाई छ । कोभिड १९ का कारण सुस्ताएको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर