Aamsanchar

चिप्स चिल्ली बनाउने सरल तरिका

Author Image
बिहिवार, असोज २८, २०७८

दसैंमा परिवारका सबै सदस्यहरु घरमै बसेर रमाईलो गर्दै, विभिन्न परिकारहरु बनाएर खाने चलन छ । अझ होटलमा खाएको जस्तो परिकार घरमै खान सबैलाई मन लाग्छ नै । तर पकाउने तरिका नजान्दा त्यो इच्छाहरु पुरा भएको नहुन पनि सक्छ । होटलमा गएर वा मगाएर खाउ भन्दा राम्रा होटलहरु पनि दसैंमा बन्द रहेका हुन्छन, आज विशेष गरि सहाकारी एक परिकारलाई होटलमा पाउने जस्तै स्वादिष्ट चिप्स चिल्ली बनाउने तरीका बारे जानकारी राखौं ।

सुरुमा आलुलाई लाम्चो गरेर काट्ने । सो काटेको आलुलाई तेलमा फ्राई गर्ने । आलु फ्राई गरिसकेपछि एउटा भाँडोमा राख्ने । सोही भाँडोमा हल्का रातो हुनेगरी लसुन फ्राई गर्ने । यति गरीसकेपछि प्याजलाई पकाउने । ग्याज पकाएपछि गालभेडा राख्ने । त्यसमाथी फ्राइ गरेको आलु, सस, नून, मसला राखिसकेपछि हल्कासंग चलाउने । यति गरिसकेपछि चिप्स चिल्ली तयार हुन्छ । चिप्स चिल्ली तयार भईसकेपछि प्लेटमा हरियो धनियाँ राखेर सर्भ गर्न सकिन्छ ।

चाहिने सामाग्री

ठुलो आलुलाई लाम्चो गरेर काट्ने ४ वटा जति
सुकेको प्याज ४ पिस
भेंडे खुर्सानी २ वटा
ठुलो गोलभेंडा ४ वटा
पिरो हट सस ४ थोपा
सोया सस ६ थोपा
टोमेटो केचप ४ चम्चा
हरियो खुर्सानी ४ वटा
नून स्वाद अनुसार
लसुन पेष्ट ३ चम्चा
तेल ठुलो ५ चम्चा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर