Aamsanchar

पहिरोमा परी दमकका तिनजना सहित छ जनाको मृत्यु

Author Image
बुधवार, कार्तिक ३, २०७८

झापा । धनकुटाको चौबिसे गाउँपालिकामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरुमा ३ जना झापा दमकका रहेकाछन् ।

गाउँपालिकाको १ नम्बर वडामा पर्ने ६ नम्बर बुधबारे स्थित गढेरीमा पहिरोले भिमबहादुर श्रेष्ठको घर पुरेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएअनुसार गयराती करिब १२ बजे पहिरोले श्रेष्ठको घर पुरिएको हो ।

घर भित्र सुतिरहेका ६० वर्षीय भिमबहादुर, ९ वर्षीय नाति बिनोद, ५ वर्षीया नातिनी निर्जला र दमकबाट पाहुना गएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर