Aamsanchar

मोरङमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु

Author Image
आइतवार, कार्तिक १४, २०७८

   

 मोरङ- मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् ।

हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको BR 50 GA 0306 नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको छ ।

ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर