Aamsanchar

सीमा नाकामा सीसीटीभी जडान गर्ने सरकारको तयारी

Author Image
आइतवार, कार्तिक १४, २०७८

   

 

काठमाडौं :भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सीसीटीभी जडान गर्ने तयारी सुरु गरको छ । सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्न नसकेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न यस्तो प्रयास थालेको हो ।

गृह मन्त्रालयले सीमाबाट हुने अवाञ्छित गतिविधि रोक्न सीसीटीभी राख्ने निर्णय गरेको हो । भारतसँग सीमा जोडिएका क्षेत्रबाट रोहिन्ज्या, अफगानी र चीनसँग सीमा जोडिएका क्षेत्रबाट तिब्बतीहरु अवैध रुपमा नेपाल प्रवेश गर्दै आएका छन् । केही दिन अघि गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा देखिएका आपराधिक गतिविधि नियन्त्रणमा लिन प्रभावकारी ढंगले सुरक्षा रणनीति बनाउनु पर्ने निष्कर्ष निकालेको थियो ।

भारतीय सीमा क्षेत्रबाट अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि भारतीय नागरिकहरु नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र देखाउनु पर्ने व्यवस्था समेत लागु गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर