Aamsanchar

चितुवाको छाला र हड्डी कारोबारमा संलग्न तीन जना पक्राउ

Author Image
आइतवार, कार्तिक १४, २०७८

 

   

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित एक होटलबाट प्रहरीले चितुवाको छाला र हड्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

चितुवाको छाला र हड्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले कोहलपुर–११ स्थित सागर गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले होटलको कोठा नम्बर २०५ बाट राप्ती सोनारी–९ ढकेरी बाँकेका ३५ वर्षीय हिरासिंह बिक, सुर्खेत पंचपुरी नगरपालिका–७ निवासी २४ वर्षीय रमेश वयह र सोही ठाउँका २८ वर्षीय बसन्त बिसी पक्राउ परेका हुन्।

उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। उनीहरू विरुद्ध आवश्यक अनुसन्धान भइरहेको उनले बताए। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर