Aamsanchar

कट्टुमा लुकाएर ल्याएको सुनजस्तै देखिने २ किलाे पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

Author Image
शुक्रवार, मंसिर ३, २०७८

 

   

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कट्टुमा लुकाएर ल्याएको सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ ।

बरामद भएको तरल अवस्थामा रहेको पहेँलो धातु सुन भएको अनुमान गरिएको र परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

आज शुक्रवार बिहान दुबईबाट आएका सिरहाका सरोज सहानी र दाङका सीताराम चौधरीको साथबाट प्रहरीले पहेँलो धातु बरामद गरेको हो । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर