Aamsanchar

सपनामा पनि माधव नेपाललाई एमालेकै सम्झना आइरहेको छ: भट्टराई

Author Image
बिहिवार, मंसिर ९, २०७८

         

चितवन : नेकपा एमालेको नेता योगेश भट्टराईले सपनामा पनि माधव नेपाललाई एमालेकै सम्झना आइरहेको बताएका छन्। एमाले महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको नारायणी किनार पुगेका नेता भट्टराईले माधव नेपाललाई पुरानो घर सम्झेर बाडुल्की लागिरहेको बताए।

थाहाखबरसँग कुरा गर्दै भट्टराईले भने, ‘पुरानो घर सम्झेर उहाँलाइ बाडुल्की लागेको लाग्यै छ रे भन्ने सुनेको छु। होमसिक भएर उहाँले सपनामा पनि एमाले नै देखिरहनु भएको छ।’

भट्टराईले माधव नेपाल र झलनाथ खनालबिना पहिलोपटक महाधिवेशन गर्न लागेको भन्दै एमालेले उनीहरूलाई सम्झिरहेको बताए।

उनले एमालेमा सर्वसम्मत र निर्वाचन दुवैको अनुभव भएकोले नयाँ नेतृत्व चयन गर्न दुवै विधि अवलम्बन गरिने बताए।

उनले अबको निर्वाचनपछि एमाले पुनः बहुमतसहित सरकारमा पुग्ने दावी गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 553

प्रतिक्रिया (०)

सम्बन्धित खबर