Aamsanchar

बिर्तामोडमा पुरानो र नयाँ श्रष्ठालाई सम्मान

Author Image
आइतवार, मंसिर १९, २०७८

सम्मानित हुदै अग्रज गायिका तथा संगितकार शान्ति ठटाल ।

बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३१ औ स्मृति दिवसको अवसरमा शनिवार विर्तामोडमा नारायण गोपाल सांगितक साँझ कार्यक्रम सम्पन भएको छ ।

साहित्य चौतारी विर्तामोडको आयोजनामा आयोजित कार्यक्रममा पूर्वेली गायक कुवेर राई लगायतका गायकहरुले नारायण गोपालको गितहरु प्रस्तुत गरेका थिए ।

नारायण गोपाल साँझमा वाध्यवादन तर्फ बासुरी मित्र मगर, किवोर्ड भिम केरुङ, प्याड गौरव सुब्बा, रिदम गितार भूपेन्द्र राई, लिड गितार विशाल बुढाथोकी, तवलामा पवन अधिकारीले साथ दिएका थिए ।

सम्मानित हुदै नव गगायक समिर खरेल ।

साहित्य चौतारीका अध्यक्ष हस्त परिवारको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्रज गायिका एवं संगितकार शान्ति ठटालको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ठटाल र बिर्तामोडका नव गायक समिर खरेललाई प्रशंषा–पत्रद्वारा सम्मान गरिएको थियो ।

गीत प्रस्तुत गर्दै गायक कुवेर राई ।

अग्रज र नव पुष्ताका दुवैजना गायकहरुलाई साहित्य चौतारीका संरक्षक देविभक्त श्रेष्ठ, उर्मिला विमली श्रेष्ठ, संगितकार जीवन अधिकारी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रहरी प्रमुख सानुराम भट्टराई लगायतले करद–पत्र, दोसल्लाले सम्मान गरेका थिए ।

झापाका साहित्यकार, गितकार र श्रष्ठाहरुको बाक्लो उपस्थिती रहेको थियो । दिपक रायामाझीले स्वागत गरेको कार्यक्रमामा संचालन चौतारीकी सचिव खगेन्द्रा खुसीले गरेकी थिईन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर