Aamsanchar

मनकामना कलेजमा साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न

Author Image
शुक्रवार, मंसिर २४, २०७८

बिर्मतामाेड-मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।

मनकामना क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथी मनकामना क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई रहेका थिए ।

विशेष अतिथीको रुपमा सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं , क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया,संस्थापक सचिव सन्दिप थपलिया, निवर्तमान अध्यक्ष सँगिता कोइराला ,गजलकार सविन सिटौला रहेका थिए ।

कार्यक्रममा अतिथीको रुपमा प्राध्यापक पुजा काफ्ले खरेल , विष्णु लामिछाने, दुर्गा कार्की ,सुरेश खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सि. एम ढुङ्गेल , संस्थापक सचिव सन्दिप थपलिया (सानू) , निवर्तमान अध्यक्ष संगीता कोइरालालाई सम्मान गरिएको थियो भने गजलकार सविन सिटौलाको विशेष गजल प्रस्तुत भएको थियो ।

कार्यक्रममा करिब १५ जना विध्यार्थीहरुले क्रमशः गजल ,गित , मुक्तक ,कविता ,वक्तृत्व, आदि प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले यस परिवारले विद्यार्थी वर्गमा सकारात्मक र उत्प्रेरणामुलक साहित्यिक भावना ओतप्रोत गर्न सकेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

यो संस्था मनकामना कलेज बिर्तामोडमा अध्यन्रत साहित्य अनुरागी विध्यार्थिहरुको एक साहित्यिक समूह हो ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा वि.सं.२०७२ सालमा स्थापित यस परिवारले विभिन्न समयमा विविध साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ ।

परिवारका सदस्य दिपक ढुंगानाले शाब्दिक मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 533

प्रतिक्रिया (०)

सम्बन्धित खबर