Aamsanchar

नयाँ बर्ष मनाउन बिर्तामोडको होटल किङ्सबरीमा सर्वसाधारण देखि पूर्व राजा सम्म

Author Image
शुक्रवार, वैशाख २, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किङ्सबरीले नयाँ बर्षको सन्दर्भ पारेर शुभकामना आदनप्रदान साथै सेवाग्राही लक्षित कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

चैत ३० गते नयाँ बर्षको स्वागतको लागि होटल किङस्बरीले भव्य साँगितक कार्यक्रम आयोजना गरेर नयाँ बर्ष लक्षित कार्यक्रममा विशिष्ठ व्यक्तित्व, उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थिती गराएको थियो ।

पाँचतारे होटलको सुविधालाई सर्वसाधारण समक्ष पुर्याउन विहिबार प्रति व्यक्ति २५ सय रुपैंयाँमा डिनर सहितको पार्टीमा सहभागी बन्ने सेवा उपलब्ध गराइएको होटलका व्यवस्थापक विश्वदेव ढुङ्गेलले बताए ।

गत बर्ष देखि संचालनमा आएको पाँचतारे होटल किङस्बरीमा नयाँ बर्ष मनाउन अझै पनि विशिष्ट व्यक्तिहरुको आगमन हुनेक्रम रहेको छ । आज (शुक्रबार) पूर्व राजा ज्ञानेन्द्र शाहले पनि होटल किङस्बरीको अवलोकनसहित सेवा लिएका छन् ।

झापामा उच्च स्तरिय होटल नहुदा तारे होटलको सुविधा लिन विराटनगर, भारतको सिलिगुडी सम्म पुग्नुु पर्ने बाध्यतालाई किङस्बरीले अन्त्य गरिदिएको ।

होटलले तिन स्तरमा सयन कक्ष (रुम) हरुको वर्गीकरण गरेको छ । स्ट्याण्डर, डिलक्स र स्वीट रुमसहित होटलमा जम्मा ८६ वटा सयन कक्ष (रुम) हरु रहेको छ ।

१३ रोपनी क्षेत्रफलमा फैलिएको होटल किङस्बरीले एक बर्षमा प्राप्त गरेको सफलता र पूर्वको पर्यटन व्यवसायलाई टेवा पुर्याउन सकेकोमा होटलका संचालक प्रकाश गौतमले खुशी व्यक्त गरेका छन् ।

होटलको सेवाबारे जानकारी लिनुपर्दा ९८५११००६५२ मा सम्पर्क गर्न सकिने होटल व्यवस्थापनले बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
3
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर