Aamsanchar

लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा एमाले विजयी

Author Image
बुधवार, जेठ ४, २०७९

केराबारी गाउँपालिकामा निर्वाचित अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्षमा विजयी मनमाया मगर ।

विराटनगर – मोरङको लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

लेटाङमा एमालेका भूपेन्द्रकुमार लावती २०२२७ मत ल्याई विजयी भएका हुन् । उप–प्रमुखमा कृष्णकुमारी पोखरेलको पक्षमा  ९४६० मत खसेको छ ।

प्रमुख पदका प्रत्यासी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ र उपप्रमुखमा नेकपा माओवादीका कृष्णप्रसाद लम्सालले ४९५० मत ल्याएका छन् ।

केराबारी गाउँपालिकामा अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर विजयी भएका छन् । उनले ७८१० मत प्राप्त गरेका छन् । निकटत प्रतिस्पर्धी कांग्रेसका रोहित कार्कीले ६३९० मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगर निर्वाचित भएकी छन् । उनले ७२६७ मत प्राप्त गरिन् । निकटम प्रस्पिर्धी कांग्रेसकी शुभद्रा राईले ६४२८ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 380

प्रतिक्रिया (०)

सम्बन्धित खबर