Aamsanchar

तुलसीपुरबाट महंगीको बिरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Author Image
मङ्गलवार, असार ७, २०७९

तुलसीपुर। महंगी नियन्त्रण र किसानलाई मलको आपुर्ति सहज बनाउन मागसहित जनता समाजवादी पाटी नेपाल तुलसीपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महताराले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मूल्य वृद्धि नियन्त्र र रासायनिक मलको आपुर्तिमा सहजता ल्याउन मागसहित ज्ञापनपत्र बुझाउनुभएको हो ।

इन्धनको मूल्य आकासिदा नागरिकको दैनिकी अस्तव्यस्त हुन थालेकोले महंगी नियन्त्रण गर्न प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जसपा नगर अध्यक्ष महताराले बताउनुभयो ।

‘मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीका विरुद्ध हामी छौँ ।’ ज्ञापनपत्रमा भनिएको छ–‘किसानलाई खेतीपाती गर्ने बेलामा रासायनिक मलको अभाव भइरहेको छ, यसको लागि किसानले सहजरुपमा मल पाउने वातावरण निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछौँ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर