Aamsanchar

मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट सोहि स्कुलका एक बिद्यार्थीकाे मृत्यु, अर्का घाईते

Author Image
बुधवार, असार १५, २०७९

मोरङ- मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा रितिक मण्डल र रंगेली ६ का नरेश मण्डलकी ५ बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिँदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर