Aamsanchar

पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गर्ने २ जना पक्राउ

Author Image
बुधवार, असार १५, २०७९

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनीष सिलवाल छन् ।

उक्त काउन्टरको ताला फुटाई नगद पाँच लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 380

प्रतिक्रिया (०)

सम्बन्धित खबर