Aamsanchar

पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेद्वारा राजीनामा

Author Image
बुधवार, साउन ४, २०७९

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।

आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेकाे छ । पछिल्ला खेलमा नेपाली टाेलीकाे खराब नतिजा आउने क्रम बढेसँगै उनी दबाबमा थिए ।

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएकाे उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।

गएकाे मङ्सिरमा क्यानले खुला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रूपमा रहेका थिए ।

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षक मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर