Aamsanchar

अन्तराष्ट्रिय सिरिजका लागि शिखर धवनको कप्तानीमा भारतीय टिम घोषणा

Author Image
आइतवार, साउन १५, २०७९

जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् । वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली टिममा परेका थिएनन् ।

भारतीय टिममा शिखर धवन, ऋतुराज गायकवाड, शुभमन गिल, वासिङटन सुदर, दीपक हुडा, सन्जु सामसन, ईशान किसन,राहुल त्रिपाटी,अक्षर पटेल,प्रसिद्ध कृष्णा, कुलदिप यादब, आवेश खान, मोहम्मद सिराज, शार्दुल ठाकुर र दिपक चाहर रहेका छन् । भारतीय टोलीले जिम्बावेविरुद्ध १८ अगस्टमा पहिलो एकदिवसीय खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर