Aamsanchar

भारतसँग नेपालकाे ८–०गाेलको लज्जास्पद हार

Author Image
आइतवार, साउन १५, २०७९

काठमाडौं – अगाडिका दुई खेलमा लगातार सानदार जित निकालेको नेपाली युवा टोलीले भारतसँग निरीह प्रदर्शन गरेको छ । आज यू–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीले आयोजक भारतसँग ८–० को लज्जास्पद हार बेहोरेको हो ।पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो ।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे ।

यो हारसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको ६ अङ्क छ । आज हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना कायमै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर