Aamsanchar

सन्दीप लामिछाने बिग बास लिगको ड्राफ्टमा समावेश

Author Image
बुधवार, साउन १८, २०७९

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् ।

बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए । बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर