Aamsanchar

अर्जुनधारामा चेस क्लब गठन,अध्यक्षमा पदमबहादुर

Author Image
बिहिवार, साउन १९, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारामा कुमार भट्टराईको संयोजकत्वमा अर्जुनधारा चेस क्लब गठन भएको छ ।

भट्टराईको संयोजकत्वमा आज (विहिबार) शनिश्चरेमा आयोजित एक भेलाबाट अर्जुनधारा नगर स्तरीय चेस क्लब गठन सँगै कार्यसमिति पनि चयन गरिएको छ ।

समितिको अध्यक्षमा पदमबहादुर मगर चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा मोहम्मद हासिम, सचिव ईश्वरकुमार उप्रेती, कोषाध्यक्ष राजेन्द्रकुमार कार्की (हरि), सदस्यहरूमा अर्जुन गुरुङ, प्रदिप डे, खगेन्द्र श्रेष्ठ, शिवप्रसाद आचार्य, गोपाल राजवंशी, तहिदन मोहम्मद चयन भएका छन् ।

खेल विकास र खेलाडीहरूलाई सङ्गठित गर्ने उद्देश्यले चेस क्लब गठन गरिएको संयोजक कुमार भट्टराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 604

प्रतिक्रिया (०)

सम्बन्धित खबर