Aamsanchar

पहिलो टी–२० मा न्यूजिल्याण्ड विजयी

Author Image
शुक्रवार, साउन २०, २०७९

घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । गएरातिको खेलमा ऊ १६ रनले विजयी भएको हो ।

१४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । उसका लागि बास डि लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ५३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

कप्तान स्कट एडवर्ड्सले २० र रायन क्लेनले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यूजिल्याण्डका लागि ब्लेयर टिकनरले चार, बेन सियर्सले तीन तथा कप्तान मिचेल सान्टनर र ईश सोधीले एकरएक विकेट लिए ।

त्यसअघि द हेगस्थित स्पोर्ट्सपार्क वेस्टभ्लाइटमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले नर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन बनायो ।

पाहुना टोलीका लागि मार्टिन गुप्टिलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३६ बलमा चार चौका र एक छक्का प्रहार गरे । जेम्स निशमले ३२, ईश सोधीले १९, डारियल मिचेलले १५ र ग्लेन फिलिप्सले १४ रन जोडे ।

नेदरल्याण्ड्सका लागि क्लेटन फ्लोयड, लोगन भान बिक, शरिज अहमदले दुईरदुई तथा टिम प्रिन्गल र रायन क्लेनले एकरएक विकेट हात पारे ।

यो जितसँगै न्यूजिल्याण्डले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल शुक्रबार हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर