Aamsanchar

२० वर्षमुनिको साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र बङ्लादेश खेल्दै

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाण्डाै –  २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् । खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

गएको मङ्गलवार भएको खेलमा साविक विजेता भारत माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

त्यस्तै बङ्लादेशसँगको खेलमा एक/एक गोलको बराबरी खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका पार्थिव सुन्दर गोगोईले आजको खेल गुमाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर