Aamsanchar

बार्सिलोनालाइ जोन गाम्परको उपाधि

Author Image
सोमवार, साउन २३, २०७९

मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६-० को जित निकालेको हो। बार्सिलोनालाई जितउन पेड्रीले दुई गोल गरे। यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे।

बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो।

खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरूआती अग्रता लिएको थियो। त्यसको दुई मिनेट पछि पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। १०औं मिनेटमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना खेलमा पहिलो १० मिनेट भित्रै ३–० ले अघि बढ्यो ।

१९ औं मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० अग्रता लियो।

४९औं मिनेटमा औवामियाङले गोल गर्दै अग्रता अझै फराकिलो पारे।

८४ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई ६-० को सानदार जित दिलाए।

बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ। हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ। गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो।

बार्सिलोनाले अर्को शनिबार रायो भालेकानोसँग खेल्दै ला लिगा सिजन २०२२/२३ सुरूआत गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर