Aamsanchar

बिर्तामोडको पाथीभरा टोल समिति द्वारा ८० भन्दा धेरै जनालाई सम्मान, सम्मान गर्ने समिति भयो परिवर्तन 

Author Image
शनिवार, भदौ २५, २०७९

बिर्तामोड । झापाको बिर्तामोड –५ मा रहेको पाथीभरा टोल सुधार संस्थाले आफ्नो १५ औं साधारणसभा तथा ८ औं विशेष अधिवेशन सम्पन्न गरेको छ ।

आज आफ्नै भवनमा आयोजित अधिवेशनबाट दुई वर्षे कार्यकालको लागि नयाँ समिति पनि चयन गरिएको छ । संस्थाको अध्यक्षमा  तेजप्रसाद शिवाकोटी, उपाध्यक्ष राजेश प्रसाईं, सचिव छविरमण  बराल, कोषाध्यक्ष तोयानाथ दाहाल, सहसचिव कृष्ण अधिकारी र सदस्यहरूमा सीता तिम्सिना, महेन्द्र अधिकारी, संगीता चिमरिया, गंगाराज प्रसाईं, कृष्ण प्रसाईं र लक्ष्मी आचार्य चयन भएका छन् । त्यसैगरी महिला उपसमितिमा अध्यक्ष कमला प्रसाईं, उपाध्यक्ष अञ्जना अधिकारी, सचिव यमुना तिवारी चिमरिया, सहसचिव उर्मिला भट्टराई, कोषाध्यक्ष गीता शिवाकोटी, सदस्य रूपा प्रसाईं, देवी कुFवर कार्की, अनिता संग्रौला र गीता प्रसाईं सर्वसम्मत चयन भएका हुन् ।

भवन निर्माण उपसमिति पनि चयन गरिएको छ । जसमा संयोजक नारायणप्रसाद चिमरिया, सहसंयोजक रामप्रसाद उप्रेती, सचिव छवि कृष्ण बराल, कोषाध्यक्ष तोयानाथ दाहाल र बिनु थपलिया, सदस्यमा कृष्ण अधिकारी, अनिता निरौला, नरहरि फूयाल, नवराज खतिवडा र प्राविधिक सल्लाहकारमा  टीएन चम्लागाईँलाई चयन गरिएको छ ।

बिर्तामोडमै नमुना टोलको रुपमा रहेको पाथीभरा टोल समितिले आफ्नै भवन बनाउन सफल भएको छ । बुबाआमा सिके प्रसाईँगिरीराजकुमारी प्रसाईँको स्मृतिमा छोरा बुहारी विवेक केशरी प्रसाईं र संगीता बाबा प्रसाईँले दान गरेको १३ धुर ( त्यती बेलाको मुल्याङकनमा ) ६५ लाख बराबरको जग्गामा तिन तले र माथि ट्रष्ट रहने गरिको भवनका लागि नगरपालिकाले १ करोड ६५ लाख लागत अनुमान गरेको छ ।  भवनको हाल भुईं र पहिलो तल्लामा छत ढलान गर्ने काम  भएको भवन निर्माण समिति संयोजक नारायण चिमरियाले बताए । भवन निर्माणका लागि बिर्तामोड नगरपालिकाबाट १३ लाख ३८ हजार ६९९, सहारा नेपालबाट ७ लाख, ५ नंं वडाबाट ९८ हजार ३००, प्रदीप इँटा उद्योग ( निकेश गट्टानी ) बाट ३० हजार ५००, पाथीभरा टोल सुधार संस्थाको ८ लाख ३ हजार ९१४, व्यक्तिगत दाताहरूबाट ३५ लाख ३ हजार ४१९ गरी जम्मा ६४ लाख ७४ हजार ८३२ रुपैयाँ खर्च भई सकेको संयोजक चिमरियाले आमसंचारलाई जानकारी दिए ।

२०६६ सालमा ५६ घर परिवार समेटेर स्थापना भएको टोल समितिमा हाल १२२ घरहरू रहेका छन् । संस्थाले स्थापना कालदेखिनै टोलवासीमा सामाजिक एकता, भाइचारा कायम गर्नको लागि विभिन्न सकारात्मक र रचनात्मक कार्यहरु गर्दै आएको छ । टोलवासीका छोराछोरीहरु मध्येवाट वर्ष उत्कृष्ठ एसइई उत्रिण विद्यार्थीलाई पुरस्कार, जेष्ठ नागरिक सम्मान, स्वच्छता ध्यान दिने एकजनालाई हरेक बर्ष सम्मान, उत्कृष्ट बुहारी सम्मान, वर्ष पहिलो सन्तानलाई सम्मान, सिर्जनशीलताका कार्यमा बालबालिकाको भूमिका पहिचान र प्रोत्साहन तथा पुरस्कार, जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रमहरु गर्दै आएको छ । यस बर्ष पनि उक्त सम्मान तथा पुरस्कारहरु वितरण गरिएको छ । जसका लागि स्व. कृष्णप्रसाद निरौला, स्व. सुनिता चम्लागाई, र टीएन चम्लागाई, मेहरमान र विष्णु राई, पदमप्रसाद र कमला प्रसाईं, ध्रवकुमार शिवाकोटी साथै कृष्णबहादुर र देउमाया कार्की, विवेक केशरी र संगीता बाबा प्रसाईँले सहयोग गर्दै आएको संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीले जानकारी दिए ।
भवन निर्माणमा  आर्थिक सहयोग गर्ने ८० जना भन्दा धेरै दाता तथा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाको अवस्थाको बारेमा चर्चा गरिएको थियो । सभामा संस्था भित्रका चुनौतीलाई विस्लेषण गरिएको छ । अधुरो भवनलाई पूर्णता दिन आर्थिक अभाव, मन्दिर निर्माणको लागि आवस्यक जग्गा, विधान संशोधन, भवनका लागि चौकिदार, घेराबारा, टोलको ६ नं र ७ नंं बाटोमा नाली तथा पेवर्स लगाउन बाकी, फोहोरमैला व्यवस्थापन, विद्युत लाईन अभाव जस्ता चुनौतीहरु रहेको र संस्थाका भावी कार्यक्रममा भवनको तेस्रो तल्ला ढलान र चोथो तल्लामा ट्रस्ट लगाउने, भवनको सम्पूर्ण भागमा रंगरोगन, दाताहरुको विवरणलाई शिला लेख राख्ने, मन्दिर निर्माण, दुईवटा बाटोमा पेवर्स लगाउने, जेष्ठ नागरिकको पहिचान खुल्ने साईनबोड राख्ने, चौकीदार र सफाई कर्मचारी राख्ने, भवन पछाडी नाला निर्माण, घेराबारा गर्ने पुरस्कार तथा सम्मानलाई हरेक बर्ष निरन्तरता दिने रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यवहाक अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, मोहनप्रसाद ओली, निर्वमान मेयर ध्रुव शिवाकोटी, अर्जुनधारा–७ का वडाअध्यक्ष गोविन्द खतिवडा, बिर्तामोड ५ का वडा सदस्य दुर्गा शिवाकोटी, संस्थाका संरक्षक प्रेमबहादुर श्रेष्ठ, लक्ष्मी प्रसाईंलगायतले पाथिभरा टोल समितिले गर्दै आएको कामको मुत्तःकण्ठले प्रशंषा गरेका थिए ।

कार्यक्रममा बार्षिक प्रतिवेदन अध्यक्ष तेजप्रसाद शिवाकोटी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तोयानाथ दाहालले प्रस्तुत गरेका थिए । भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले स्वागत तथा औचित्यमाथी प्रकास पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव छविरमण बरालले गरेका थिए । 
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 595

प्रतिक्रिया (०)

सम्बन्धित खबर