Aamsanchar

चार ठाउँमा मास लाइट बल्दा कनकाईका चोक बजार झलमल्ल  

Author Image
सोमवार, असोज ३, २०७९

लक्ष्मीपुर चोकमा बलेको मास लाइट ।

कनकाई । उज्ज्यालो नगर बनाउने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाले ‘मास लाइट’ उद्घाटन गरेको छ । आज संविधान दिवसको अबसर पारेर कनकाई नगर क्षेत्रका मुख्य चोक बजारहरुमा जडान गरिएको मास लाईटको नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा सिवाकोटीले उद्घाटन गरेका हुन ।

नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । रू दुई करोड ६० लाखको लागतमा चार वटा मास लाइट र एक सय वटा स्मार्ट लाइट जडान भएको छ। जसमा नगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लागत सहभागिता रहेको छ । केही ठाउँको स्मार्ट लाइट प्राविधिक तयारी पुरा नभएकोले सञ्चालनमा आएको छैन । उक्त लाईटहरु छिट्टै सञ्चालनमा ल्याईने नगर प्रमुख पोखरेलले आमसंचाललाई बताए ।

एउटा मास लाइट जडान गर्न रू १६ लाख खर्च भएको नगर प्रमुख पोखरेलले बताए । हाल कनकाई नगरपालिकाको चार स्थान कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा जडित मास लाइट आजबाट बालिएको हो ।

१६ मिटर अग्लो पोलमा जडान गरिएको छ । ‘अटोमेटिक’ (स्वचालित) मास लाइटले एक सय मिटर वरिपरि उज्यालो हुने कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालले जानकारी दिए । हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरी लगायतका आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत टेवा पुग्ने लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेतको भनाई रहेको छ ।

नगरपालिकाले नगर क्षेत्रमा सीसी क्यामेरा समेत जडान गर्ने भएको छ । नगरका वित्तीय संस्थाहरुसँगको सहकार्यमा सीसी क्यामेरा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)