Aamsanchar

झापामा चाडपर्व लक्षित सुरक्षा योजना लागू

Author Image
बुधवार, असोज ५, २०७९

झापा । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।
उनका अनुसार झापाका नाका क्षेत्र तथा विभिन्न ठाउँमा प्रहरी जनशक्ति थप गरी सुरक्षामा कडाइ गरिएको छ । झापाका २८७ स्थानमा चेक पोइन्ट खडा गरेर प्रहरीले सुरक्षा प्रदान गरिरहेको उनले बताए । यसका अलावा सादा पोशाकमा ठूलो सङ्ख्यामा प्रहरी खटाइएको छ । विशेषगरी खुला नाकाका कारण सीमावर्ती क्षेत्रमा प्रहरी बढी निगरानी बढाएको छ । चाडपर्वका बेला सीमा नाकाबाट चोरी तस्करी बढी हुने गरेको छ ।

चाडपर्वलाई सुरक्षित ढंगले मनाउन तथा अप्रिय घटना हुन नदिन हाटबजार, सडक लगायतका क्षेत्रमा साधा पोषकका प्रहरीहरूको सक्रियता बढाइएको छ । झापा प्रहरीले गैरकानुनी रुपमा खेलाइने चिट्ठा तथा चन्दा कार्यलाई पूर्ण रुपमा बन्देज गरिएको जनाएको छ । चाडपर्वका बेला सार्वजनिक बिदा हुने भएकाले वित्तीय क्षेत्र तथा सरकारी कार्यालयमा सुरक्षा बढाइएको झापा प्रहरीले जनाएको छ । झापा प्रहरीले आम नेपालीलाई ढुक्कसँग पर्व मनाउन अपिल समेत गरेको छ ।

तिहारमा राती खेलिने देउसी भैलीलाई संस्कृत र मर्यादित बनेर खेल्न उपरीक्षक विश्वमणि पोखरेलले सबैमा आग्रह गरेका छन् । देउसीका नाममा सामाजिक सद्भावमा खलहल पुर्याउने व्यक्ति तथा समूहलाई प्रहरीले उच्च निगरानी राख्ने र कारवाही गर्ने उनले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर