Aamsanchar

थारुहरुको विशेष परिकार घुङ्गी

Author Image
मङ्गलवार, असोज २५, २०७९

फोटो: विनोद पाण्डे/आमसंचार

सौराह स्थित थारु संग्रालय परिसरमा बनाईएको घुङ्गीको प्रतिमा । घुङ्गी थारु समुदायको स्वादिष्ट परिकार मा पर्छ । थारुहरुको विशेष रुचाइने मध्ये एउटा स्वादिष्ट खाना पनि यहि घुङ्गी हो। पहिले पहिले घुङ्गी खाने थारु भनेर जिज्ज्याउने रुपमा हेपिएको परिकार अचेल भने थारु समुदायको मौलिक खाना मात्र सीमित नभई, गाउँ घर देखि लिएर शहरसम्म अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ। घरमा बनाएर खान नपाउनेहरु आजभोलि सानादेखि ठूला तारे होटलसम्म घुङ्गीको स्वाद लिनेहरुको संख्या बढ्दै गएका छन्।

फोटो : गुगल

घुङ्गीको लोकप्रियता बढेसँगै पछिल्लो समय चितवनमा यसको माग पनि बढ्न थालेको छ। माघीलगायतका विभिन्न अवसर एवं पर्वहरुमा लाग्ने मेला महोत्सवहरुमा थारु समुदायका घुङ्गीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग ह्वात्तै बढेको देखिन्छ। थारुहरुको परिकार स्टल भनेपछि घुङ्गीलाई एक अनिवार्य परिकारको रुपमा लिने गरिन्छ। त्यस्ता मेला बाहेक सामान्य अवस्थामा पनि थारु समुदायले संचालन गरेका होटेल रेस्टुरेन्टहरुमा घुङ्गी खोजि खोजि खान आउनेहरुको जमात ठुलै छ। त्यसो त घुङ्गीको माग बढ्दै गए पनि व्यावसायिक रुपमा उत्पादन गर्न नसक्दा मागअनुसार पूर्ति गर्न भने सकेको छैन। जसले गर्दा घुङ्गीको माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ।

फोटो : गुगल

घुङ्गी प्राकृतिकरूपमै पानीमा पाइने एक प्रकारको जीव हो तर अचेल धेरै मात्रामा किटनाशक औषधी तथा रासायनिक मलको प्रयोगले यो बिस्तारै लोप हुँदै गएको छ। यो विशेषगरि वर्षायाममा धेरै सक्रिय हुने धेरै मात्रामा अण्डा पार्ने गर्दछ। गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने घुङ्गीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन्।घुङ्गी खानाले प्रचुर मात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठीक हुने विश्वास गरिन्छ। रगतमा देखिएको सेतो रक्तको कमी, शरीर दुखेको, मर्केकोलगायतको उपचारमा समेत उपयोगी मानिने हुँदा मानिसहरुले यसको खोजी गर्न थालेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर