Aamsanchar

नेपालमा समेत छायांकन भएको फिन्दी फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक भएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि उमेरको यो चरणमा सगरमाथा चढ्ने सपना देख्छन् र आधार शिविर जान्छन् ।

यद्यपि, जो कोहीले उनीहरुको सपना बारेमा सुन्दा फर्किने सल्लाह दिन्छन् । ट्रेलरमा अमिताभ, बोमन र अनुपमले कसैको कुरा सुन्दैनन् । जसका लागि उनीहरूले वर्षा, हिउँ, कच्चा बाटो भएर गुज्रनुपर्छ । तर, उनीहरु हार मान्दैनन् । ट्रेलरको अन्त्यमा अमिताभ बच्चन मात्र सगरमाथाको आधार शिविरमा पुगेका देखाइएको छ । यो देखेर सबैको मनमा एउटै प्रश्न उठ्छ । के अनुपम खेर र बोमन इरानीले आरोहणमा क्रममा हार मान्छन् रु

पारिवारिक फिल्मको रुपमा निर्माण भएको ‘उचाइ​’ को निर्देशन सुरज बडजात्या ले गरेका हुन् । ४ साथीहरुको जीवनकथाको बिषयमा निर्माण भएको फिल्म नोभेम्बर ११ मा थिएटरमा रिलिज हुँदैछ । फिल्ममा परीणिती चोपडा, डेनी डेन्जोङ्पा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

ट्रेलरमा परिणीति, नीना र सारिकाको झलक पनि देखाइएको छ । नीना गुप्ता बोमन इरानीकी पत्नीको भूमिकामा छिन् । ट्रेलरको अन्त्यमा अमिताभको स्वरमा रहेको भूपेनको मनपर्ने गीत ‘ये जीवन है’ ले फरक अनुभूति दिएको छ । उल्लेखनीय कुरा के छ भने यो गीत राजश्री प्रोडक्सनको क्लासिक गीत हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर