Aamsanchar

सुनको मूल्य बढ्याे

Author Image
आइतवार, पौष १७, २०७९

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । गत शुक्रबार एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य पुस महिनाकै उच्च हो । पुस ७ गते भने सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यस यताका कारोबार दिनमा सुनको मूल्य एक लाख ९०० रुपैयाँसम्म झरेको थियो ।

सुनको मूल्य गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च एक लाख पाँच हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्दै जाँदा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । विश्व बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको उनको भनाइ छ । नेपालमा अहिले सुनको माग कम हुने गरेको उनले बताए ।

त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर