Aamsanchar

भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामान बरामद

Author Image
बिहिवार, पौष २८, २०७९

बिराटनगर- झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ति क्षेत्रमा प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको रेडिमेट कपडा, खाद्यन्न, हार्डवेर र कस्मेटिक लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव ३ लाख २१ हजार रुपैया बराबरको सामान आवश्याक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर